शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

धरान पुगे प्रधानमन्त्री देउवा

धरान पुगे प्रधानमन्त्री देउवा

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान पुगेका छन्। धरान स्थापना दिवसका अवसरमा आयोजित ‘धरान डे’ उद्घाटन गर्न उनी नेपाली सेनाको हेलिकप्टरमार्फत धरान पुगेका हुन्।

देउवाले धरान २ स्थित नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालयको भवन उद्घाटन गर्ने पहिलो कार्यक्रम छ। त्यसपछि धरान ६ पानवारीमा फोहोर प्रशोधन केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्क अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

बसपार्क अवलोकनपश्चात् प्रधानमन्त्री देउवाले धरान १२ मा निर्माण भएको प्राविधिक शिक्षालय भवन उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवस समारोहमा सहभागी हुने तालिका छ। धरान स्थापना दिवसको कार्यक्रम धरान १२ स्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा उद्घाटन गरिँदै छ।