शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

काठमाडौं
भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ। उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदोमाथि काला झण्डा देखाउने महिला रीता यादवमाथि सोमबार गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ।

गोली उनको गोडामा लगेको थियो। घाइते महिलालाई सुरुमा सीएचसी लंभुआमा भर्ती गरिएको थियो। पछि उनलाई सुल्तानपुर जिल्ला अस्पताल रेफर गरिएको छ जहाँ उनको उपचार चलिरहेको छ। सर्कल अफिसर लंभुआ सतीश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन्।

रीताले सञ्चारमा माध्यममा भनिन् ‘म पोस्टर बनाउनका लागि सुल्तानपुर गएको थिए र त्यहाँबाट घर फर्किरहेको थिएँ। त्यही समय हाइवेमा लंभुआ नजिक तीन जनाले ओभर टेक गरेर मेरो बोलेरोलाई गाली दिँदै ज्यान मार्ने धम्की दिए। मेरो ड्राइभरलाई कनचटमा पेस्तोल ताके, त्यसो गर्नेमाथि मैले चड्कन हानेपछि मलाई गोली हाने र उनीहरु भागे’ उनले भनिन्।