शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

यसरी हुन्छ जेलबाटै लागू औषधको कारोबार

यसरी हुन्छ जेलबाटै लागू औषधको कारोबार

काठमाडौं
लागू औषधको कारोबार गरेको आरोपमा १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् ।

लागू औषधको कारोबार गरेको अभियोगमा १८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता नाइके रहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

गुड्डुले ५ वर्ष कैद सजाय काटिरहेका सन्तोष स्याङ्तान, जो टेलिफोन नाइके समेत हुन्, सँग मिलेर जेलबाटै लागू औषध कारोबार गर्दै आएको प्रहरीको दाबी छ । ब्यूरोका अनुसार गुप्ता र स्याङ्तानलाई जिल्ला कारागार, रौतहट सरुवा गरिएको छ ।