शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

३३ किलो सुन तस्करी प्रकरणः ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ

३३ किलो सुन तस्करी प्रकरणः ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ

काठमाडौं
३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइ पक्राउ परेका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।