शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राष्ट्रिय सभा बैठक आइतबार बस्ने

राष्ट्रिय सभा बैठक आइतबार बस्ने

काठमाडौं
राष्ट्रिय सभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्नेगरी समय निर्धारण गरेको महासचिव डा भरतराज गौतमद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ। उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगन गरेको थियो।