शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

गोरू ओसार्ने पाँचजना पक्राउ

गोरू ओसार्ने पाँचजना पक्राउ

कपिलवस्तु
अवैध रूपमा गोरु ओ‌सारपसार गरेको आरोप पाँचजना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई कपिलवस्तुबाट नियन्त्रणमा लिएको हो। बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको दुईवटा ट्रक जाँच गर्ने क्रममा क्षमताभन्दा बढी गोरू राखेर ओसारपसार गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना६ख २०८१ नम्बरको ट्रकमा २४ वटा र ना६ख ४६३ नम्बरको ट्रकमा २६ वटा जिउँदो गोरु कोचाएर ढुवानी गरेको भन्दै पशुपंक्षी ओसारपसार क्रुर यातना सम्बन्धी कसुरमा नियन्त्रण गरिएको हो । पक्राउ पररेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।