शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सालकको खपटासहित दुई जना कोटेश्वरबाट पक्राउ

सालकको खपटासहित दुई जना कोटेश्वरबाट पक्राउ

काठमाडौं
संरक्षित वन्यजन्तुको आखेटोपहार सालकको खपटासहित कोटेश्वरबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको राम प्रसाद राई गाँउपालिका–४ लाखुरे बस्ने वर्ष ४० को रुक्मण बहादुर बुर्जामगर र पाँचथरको मिक्लाजुङ गाँउपालिका–८, टोखा बस्ने वर्ष २७ को भबिन्द्र बहादुर मगर रहेका छन्।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु सालकको खपटा १ किलो ५०० ग्राम बरामद भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले काठमाडौंको कोटेश्वर एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उपर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको छ।