शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कमल थापाले राजतन्त्रको एजेण्डा नबोक्ने

कमल थापाले राजतन्त्रको एजेण्डा नबोक्ने

काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले अब राजतन्त्रको एजेण्डा नबोक्ने पक्का पक्की भएको छ । यही पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग उनले सहयोग मागेका छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्ट थापाले बुधबार राजधानीमा राप्रपाका नेताहरूको भेला राख्दै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका विषयमा अभियान चलाउने बताएका हुन्।

राजाको उक्साहटमा अध्यक्ष लिङ्देन सक्रिय भएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर उनले लैजान नसक्ने धारणा राखेका थिए। आफूहरू पार्टी एकताको पक्षमै रहेको दाबी गर्दै त्यसका लागि नेतृत्व तयार नदेखि नयाँ पार्टी स्थापना गरेर पनि जना सकिने बताएका थिए। ‘संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा अभियान सञ्चालन गर्ने उहाँ(थापा)ले बताउनुभयो,’ सहभागी एक नेताले भने, ‘होइन राजाले पेल्दै अघि बढे राजतन्त्र बोकेर हिँड्नुपर्छ भन्ने नभएको आसय थियो।’