शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

गृहमन्त्री खाणले गरे केन्द्रीय सुरक्षा समितिका पदाधिकारीसँग छलफल

गृहमन्त्री खाणले गरे केन्द्रीय सुरक्षा समितिका पदाधिकारीसँग छलफल

काठमाडौं
गृहमन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन् । समसामयिक सुरक्षाको अवस्था र आगामी दिनमा सुरक्षाका चुनौतीका विषयमा उनले छलफल गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए । सहसचिव कोइरालाले बैठकमा सुरक्षाको विस्तृतीकरणको विषयमा पनि छलफल भएको बताए ।