शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

२० लाख रुपैयाँ नदिए मारिदिन्छु भन्ने सञ्जीव यसरी परे प्रहरीको फन्दामा

२० लाख रुपैयाँ नदिए मारिदिन्छु भन्ने सञ्जीव यसरी परे प्रहरीको फन्दामा

काठमाडौं
प्रहरीले २० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका–११ बारा घर भई चन्द्रागिरि नगरपालिका–९ मच्छे गाउँ बस्दै आएका २६ वर्षीय सञ्जीव भन्ने पदम काफ्ले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनलाई बुधबार अपराध महाशाखाको टोलीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसूरमा थप अनुसन्धानका लागि बिहीबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।