शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आइतवार तोकिएको राष्ट्रिय सभा बैठक स्थगित

आइतवार तोकिएको राष्ट्रिय सभा बैठक स्थगित

२३ पुष, काठमाडौं
पुस २५ गते आइतवार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । विशेष कारणवश भन्दै बैठक अब पुस २७ गते मंगलवार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ९६० बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् ।