शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बाघको छालासहित ४ जना पक्राउ

बाघको छालासहित ४ जना पक्राउ

२४ पुस, दाङ
बाघको छालासहित चार जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही–१ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही–२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा लमही–३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।