शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

गम्छाले घाँटी बेरिएको अवस्थामा बालकको शव फेला

गम्छाले घाँटी बेरिएको अवस्थामा बालकको शव फेला

२४ पुस, वीरगञ्ज
पर्साको जगरनाथपुर–६ सन्ठीमा एक जना बालकको शव भेटिएको छ । स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत भेटिएका हुन् । गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् ।

गाउँलेले प्रहरीलाई सूचना दिएका थिए ।बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

बालक चारदिनदेखि हराएका थिए । कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि समेत निवेदन दिएका थिए । बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।