शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सात वर्षीया बालिकाको जबरजस्ती करणी, ३४ वर्षीय बिष्ट पक्राउ

सात वर्षीया बालिकाको जबरजस्ती करणी, ३४ वर्षीय बिष्ट पक्राउ

काठमाडौं
प्रहरीले सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई भोजपुर प्रहरीले पक्राउ गरेको हो ।

भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।