शुक्रबार २३ कात्तिक, २०८१ | Friday, November 08, 2024

ललिता निवास जग्गा प्रकरणः हाजिरी जमानीमा छुटे सुवेदी दम्पती

ललिता निवास जग्गा प्रकरणः हाजिरी जमानीमा छुटे सुवेदी दम्पती

काठमाडौं
काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दम्पती हाजिरी जमानीमा रिहा भएका छन्।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया आरोपमा नियन्त्रणमा लिएका लेखनदास ५७ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५५ वर्षीया माधवी सुवेदीलाई मंगलबार हाजिरी जमानीमा छाडिएको हो। आवश्यक परेका बेला उपस्थित हुने सर्तमा ब्युरोले उनीहरूलाई आफन्तको जिम्मामा छाडेको हो।