शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

पोल सार्न १ लाख ४० हजार घुस लिँदै गर्दा सब–स्टेसन प्रमुख रंगेहात समातिए

पोल सार्न १ लाख ४० हजार घुस लिँदै गर्दा सब–स्टेसन प्रमुख रंगेहात समातिए

काठमाडौं
बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ ग्रिड महाशाखा सब–स्टेसन पाटन ललितपुरमा कार्यरत सब–स्टेसन प्रमुख सुपरभाइजर सोम प्रसाद पहाडी छन् ।

नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ । प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार यसबारेमा थप अनुसन्धान भइरहेको छ ।