मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

गाउँकै साथीको हत्या गरेर साउदी गएका गोविन्द १७ वर्षपछि पक्राउ

गाउँकै साथीको हत्या गरेर साउदी गएका गोविन्द १७ वर्षपछि पक्राउ

काठमाडौं
१७ वर्षअघि गाउँकै एक जना साथीको हत्या गरेर विदेश पसेका उदयपुरका एकजना पुरुषलाई प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरेर ल्याएको छ। इन्टरपोलबाट रेड नोटिस जारी भएपछि हत्या आरोपका फरार प्रतिवादी उदयपुरको बेलका नगरपालिका–६ निवासी ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो।

उनलाई साउदी अरेबियामा पक्राउ गरेपछि नेपाल ल्याएर हत्या अभियोगमा मुद्दा चलाइँदेछ। उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको प्रहरी टोलीले नेपाल ल्याएको हो। मगरले २०६१ मंसिर १३ गते गाउँकै मानबहादुर तामाङलाई हत्या गरेको अभियोगमा प्रहरीले जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति लिएको थियो।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत खोजी थालिएको थियो। त्यही क्रमम इन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा पक्राउका लागि २०७७ माघ २६ गते उनीविरुद्ध रेड नोटिस जारी गरिएको थियो। मगरलाई थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई बुझाइएको छ।