मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

एक खतरनाक मानिस जसले गरेका थिए तीन सय बढीको हत्या

एक खतरनाक मानिस जसले गरेका थिए तीन सय बढीको हत्या

काठमाडौं
विश्वकै एक खतरनाक सिरियल किलर जसले तीन सयभन्दा धेरैको हत्या गरेका छन् । उनी हुन्, कोलम्बियाका पेड्रो लोपेज । जसले तीन सयभन्दा धेरै हत्या गरेका थिए । उनले कोलम्बिया,पेरु र इक्वेडरमा हत्याको शृंखला मच्चाएका थिए । उनले धेरै बच्चाको हत्या गरेका थिए ।

त्यस्तै कोलम्बियाका लुइस गाराभिटामाथि पनि तीन सयभन्दा धेरैको शृंखलाबद्ध हत्या गरेको अभियोग छ । उनले पाँच वर्षको बीचमा एक सय ४० भन्दा धेरै बच्चाको हत्या गरेको स्विकारेका थिए ।

उनीबाट प्रायः सडक बालक मारिएका थिए । सन् १९९० को दशकमा उनले धेरै हत्या गरेका थिए । उनी हत्या, बलात्कार र अरूलाई चरम यातना दिएर आनन्द लिने व्यक्ति हुन् ।

सन् १९९९ मा पक्राउ परेका उनी विश्वकै खतरनाक सिरियल किलरका रूपमा चिनिन्छन् । उनलाई ३० वर्ष कैद सजाय सुनाइएको छ । पक्राउ परेपछि उनले आरोप मात्र स्वीकार गरेनन्, आफूले हत्या गरेका शव खोज्नसमेत प्रहरीलाई सघाएका थिए ।