शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमालेले स्थगित गर्‍यो २५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम

एमालेले स्थगित गर्‍यो २५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम

काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २५ जनाभन्दा बढीको सहभागिता रहने सबैखाले कार्यक्रम स्थगन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । सोमबार आन्तरिक सर्कुलर जारी गर्दैै एमालेले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो ।

यस्ता छन् एमालेको निर्देशनः

– कोभिड१९ प्रोटोकललाई ध्यानमा राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने ।

– २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने ।

– पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्ने ।

– पार्टीका स्थानीय कमिटी, नेता(कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहने ।