शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सिटामोल अभाव हुन नदिनूः प्रधानमन्त्री देउवा

सिटामोल अभाव हुन नदिनूः प्रधानमन्त्री देउवा

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले जनसरोकारका दुई विषयमा मातहतका निकायलाई निर्देशन दिएका छन् । देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलव्ध गराउने प्रवन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरु तयार भएका छन् । यदी कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारवाही गर्ने सरकारले चेतावनी दिएको छ।

यस्तै देउवाले पीसीआर परीक्षण शुल्क पनि घटाउन निर्देशन दिएका छन् । उनको निर्देशनपछि शुल्क घटिसकेको छ। जसअनुसार निजि अस्पताल तथा ल्याबहरुले १५ सयभन्दा बढि शुल्क लिन नपाउने निर्णय स्वास्थ्य मन्त्रालयले बुधबार गरिसकेको छ । यसअघि निजितर्फ पीसीआर परिक्षणको शुल्क २ हजार रुपैया थियो । यस्तै सरकारीतर्फ १ हजार भएकामा ८०० रुपैयाँ कायम भएको छ । कोरोनाको लक्षण देखिएकाको हकमा भने सरकारी अस्पतालमा निःशुल्क परीक्षण हुनेछ ।