शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

तीन नेताबीच बालुवाटारमा छलफल

तीन नेताबीच बालुवाटारमा छलफल

काठमाडौं
सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच स्थानीय तहको निर्वाचन र मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्तिका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो ।

शीर्ष बैठकले शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । कोरोना संक्रमणबाट मुक्त भएपछि माधव नेपाल पहिलोपटक शीर्ष बैठकमा सहभागी भएका हुन् ।

पछिल्लो पटक सत्ता गठबन्धनका नेता प्रचण्ड र राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन सारेर बैशाखमा संसदीय चुनाव गर्ने प्रस्ताव गरेका बेला शीर्ष नेताबीच छलफल भएको हो ।