शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित


काठमाडौं
नेकपा माओवादी केन्द्रको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

कोरोनाभाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार ठाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरेर शनिबार बिहान साढे ८ बजे बस्नेछ ।