शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज सर्वदलीय बैठक बस्दै

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा संसद्को गतिरोध अन्त्य, पालिका तह चुनाव लगायतका विषयमा छलफल हुने बुझिएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन ।

त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेटेका थिए । एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।