शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादीको निष्कर्षः तीनवटै तहको निर्वाचन एकैपटक

माओवादीको निष्कर्षः तीनवटै तहको निर्वाचन एकैपटक

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सकेसम्म तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने निष्कर्ष निकालेको छ। शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको निर्वमान स्थायी समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। कम खर्चमा तीनै तहको निर्वाचन एकै पटक गर्ने वातावरण मिलाउनुपर्ने बैठकमा सहभागी नेताहरुले धारणा राखेका थिए।

सत्ता गठबन्धनसहित अन्य पार्टीहरुलाई समेत साथमा लिएर तीन तहको निर्वाचन एकै पटक गर्दा आर्थिक रुपमा कम खर्चिलो हुने बैठक पछि प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘आगामी वर्ष तीन तहको निर्वाचन गर्नु पर्नेछ। त्यसका लागि तीन तहको निर्वाचन एकै पटक गर्नु पर्छ भन्ने छ,’ महराले भने, ‘त्यसका लागि सत्ता गठबन्धनभित्र र बाहिर सबै दलहरुलाई समेटर एकै पटक गर्दा आर्थिक र प्रशासनिक दृष्टिकोणले राम्रो हुन्छ भन्ने छ।’ निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको महराले बताए।

यस्तै एमसीसीका विषयमा समेत यसअघि बनेको तीन सदस्यीय कार्यादललाई संशोधन गरेर मात्रै संसद्बाट पारित गर्नुपर्ने सुझाव पार्टीले दिएको उनले बताए।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादीका केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कार्यदलमा छन्। कार्यदललाई माओवादी स्थायी समितिले एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने सुझाव दिएको महराले बताए।