बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

आईपीओ निष्कासनको तयारीमा अभियान लघुवित्त

आईपीओ निष्कासनको तयारीमा अभियान लघुवित्त

काठमाडौं,
अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको तयारी गरेको छ। लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

अभियान लघुवित्तका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले उक्त सम्झौता—पत्रमा हस्ताक्षर गरेका हुन्।

हाल अभियान लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रूपैयाँ, र चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ। सेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ।

गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

लघुवित्तले २०७६ मंसिर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो। पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले नेपालभर ६० शाखा कार्यालयमार्फत कारोबार गरिरहेको छ।