बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

स्थानीय चुनाव गर्न १२ अर्ब खर्च

स्थानीय चुनाव गर्न १२ अर्ब खर्च


काठमाडाैं,
निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्दा स्थानीय चुनावका लागि १२ अर्ब खर्च हुने विवरण पेश गरेको हाे ।

०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन हुँदा ८ अर्बभन्दा बढी खर्च लागेको जानकारी गराउँदै यसपालि पनि एकै चरणमा निर्वाचन नगर्ने हो भने १२ अर्बभन्दा धेरै खर्च लाग्ने आयोगले बताएको हाे ।

आज प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरूसँग छलफल गर्दा एकै चरणमा जेठ ४ मा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो ।