शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज एमाले सचिवालय बैठक बस्दै

आज एमाले सचिवालय बैठक बस्दै

काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने भएको तयारी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

१९ सदस्यीय सचिवालय बैठकमा स्थानीय तह निर्वाचन, पार्टी संगठनलगायत विभिन्न विषयमा छलफल गर्ने तयारी छ। बाँकी रहेका जिल्ला अधिवेशन गर्ने, प्रदेश अधिवेशनलगायत विषयमा पनि छलफल हुनेछ।

कोरोनालगायत कारणले एमालेले केही जिल्लामा अधिवेशन गरेको छैन। सातै प्रदेश अधिवेशन पनि बाँकी छ। गत मंसिरमा केन्द्रीय महाधिवेशन भएको थियो।