बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

जाल्पाको आईपीओ आजदेखि खुला

जाल्पाको आईपीओ आजदेखि खुला


काठमाडौं,
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आईपीओ आजदेखि जारी गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।

५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आजदेखि बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।