शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

छलफलमा जुट्दै कांग्रेस पदाधिकारी

छलफलमा जुट्दै कांग्रेस पदाधिकारी

काठमाडौं,
सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीहरू आज पनि छलफलमा जुट्दै छन् । कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल गर्न लागिएको हो ।

दिउँसो बस्ने बैठकको स्थल भने टुंगो लागेको छैन । कार्यसम्पादन समितिको बैठक भोलिका लागि आह्वान गरिएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पनि सहभागी हुने अवस्थामा बैठक बालुवाटारमा बस्नेछ । देउवा सहभागी नहुने भए केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

सभापति देउवाबाहेकका पदाधिकारीले हिजो पनि सानेपामा छलफल गरेका थिए । आज सोही छलफललाई निरन्तरता दिन लागिएको ती पदाधिकारीले जानकारी दिए ।

बैठकमा विशेष गरी विभिन्न भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचत भएको अवस्थामा ती पदमा के गर्ने भन्नेबारेमा छलफल गरी निचोड निकालिने बताइएको छ ।