शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राप्रपा लाग्यो स्थानीय चुनावको तयारीमा

राप्रपा लाग्यो स्थानीय चुनावको तयारीमा

काठमाडौं,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ । बैठक साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको राप्रपाले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।