शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज कांग्रेस कार्यसम्पदान समितिको बैठक बस्दै

आज कांग्रेस कार्यसम्पदान समितिको बैठक बस्दै

काठमाडौं,
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । बैठकमा स्थानीय तह चुनावको तयारीबारे छलफल हुने बताइएको छ ।

कांग्रेस पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन बैठकमा छलफल गरी स्थानीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको थिया । कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका भ्रातृ संस्थाहरुको म्याद सकिएको छ भने विधानतः अध्यक्ष पद रिक्त भएको अवस्था छ ।