बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कोरोना नियन्त्रण गर्न सरकारले खर्च गर्‍यो छ महिनामा ९ अर्ब ६९ करोड

कोरोना नियन्त्रण गर्न सरकारले खर्च गर्‍यो छ महिनामा ९ अर्ब ६९ करोड

काठमाडौं,
चालू आ व २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ । अर्थ मन्त्रालयले विहीबार सार्वजनिक गरेको आ व २०७८/७९ अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख रूपियाँ खर्च भएको छ ।

जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ करोड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ ।