बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता


काठमाडौं,
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ ।

माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ छ ।