शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सभामुखले डाके सर्वदलीय बैठक, एमालेले बहिस्कार गर्ने

सभामुखले डाके सर्वदलीय बैठक, एमालेले बहिस्कार गर्ने

काठमाडौं,
सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार सर्वदलीय बैठक डाकेका छन् । प्रधानन्यायाधिस चोलेन्द्र शमसेरलाई आइतबार महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । उनले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ ।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ ।