बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

झण्डै एक करोड रुपैयाँको गुलाब आयात

झण्डै एक करोड रुपैयाँको गुलाब आयात

काठमाडौं,
आज भ्यालेन्टाइन्स् डे अर्थात प्रणय दिवसका लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ । प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ । तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ ।

यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको छ । कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो ।

८० प्रतिशत भारतबाट आयात हुन्थ्यो । तर, महामारीका कारण भएको लकडाउनका बेला गुलाबका धेरै बिरुवामा समयमानै मलजल हुन नपाएकाले आधा भन्दा धेरै बिरुवा मरेको उनले बताए। कोरोनाकै कारण पुष्प व्यवसायी घाटामा गएकाले थप लगानी हुन नसक्दा यसपालि गुलाबको आयात बढेको हो । प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबका फूल कारोबार हुने अनुमान छ ।