बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

एनसेलले घटायो लोकल कलको महसुल दर

एनसेलले घटायो लोकल कलको महसुल दर

काठमाडौं,
एनसेलका ग्राहकले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मुख्य ब्यालेन्सबाटै (पे एज यू गो) दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

यो परिमार्जित नयाँ महसुल दर गएको शुक्रवार (माघ २८) देखि लागू भएको हो । नयाँ महसुल दरको लाभ लिन ग्राहकले *१७१०७# डायल गरी सेवा निःशुल्क सुरु गर्न सक्ने एनसेलले जनाएको छ ।

नयाँ महसुल दरले ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । यो नयाँ महसुल दर २०७९ साउन २४ गतेसम्म लागू रहनेछ ।