शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आजबाट सकियो राष्ट्रिय सभाका २० सांसदको पदावधि

आजबाट सकियो राष्ट्रिय सभाका २० सांसदको पदावधि

काठमाडौं,
राट्रिय सभामा २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ। २०७५ असार ४ मा भएको गोलाप्रथा अनुसार आजवाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिठ्ठा समाएका थिए।

आजबाट कार्यकाल सकिनेमा नेकपा एमालेबाट अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन्।

यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको छ।

यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन्। त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ।

यसरी पदावधि सकिनेमा तीनै दलका नेता र राष्ट्रिय सभाका संसदीय समितिका तीन सभापति समेत रहेका छन्।
राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि ९शनिवार० हुने संसद सचिवालयले जनाएको छ।