शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै

काठमाडौं,

अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमालेमा प्रवेश गर्ने भएकी छन् । एमाले नेता विष्णु रिजालले मानन्धर आज पार्टी प्रवेश गर्न लागेको जानकारी दिए ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । यसअघि नै मानन्धरले एमाले प्रवेश गर्ने निर्णय लिएकी थिइन् । आजै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दल पनि एमालेमा समाहित हुने भएको छ ।