शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

महराका स्वकीय सचिवले छाडे माओवादी

महराका स्वकीय सचिवले छाडे माओवादी

काठमाडौं,
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी पार्टी छाडेका छ्न्। माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालबाट माओवादी पार्टी त्यागेको घोषणा गरेका हुन्।

उनले फेसबुक पोस्टमा आफू साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्। ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले लेखेका छन्, ‘आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने गरी अगाडि बढ्नेछु। जनताको निरन्तर सेवामा निस्वार्थ र सके जति भुमिकामा आफूलाई उभ्याउने छु।