शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकेन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । आज बिहान ११ बजे बबरमहलस्थित काकर्की ब्यांकेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची छन् । बैठक दुई दिनसम्म चल्नेछ ।