शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव छः लिङ्देन

नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव छः लिङ्देन

 

काठमाडौं,
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव भएको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

इमान्दारीताले नै राजनीतिमा विश्वसनीयता बढ्ने र भ्रष्टाचार न्युनीकरण हुने बताउँदै उनले आफूले त्यस प्रकारको संकल्प लिएको र विज्ञहरुको साथ, समर्थनबाट उत्साहित एवं निरन्तर अघि बढ्ने प्रेरणा मिलेको समेत बताएका छन् ।