शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमाले केन्द्रीय कमिटी बैठकः भोलि प्रतिवेदनमाथि छलफल

एमाले केन्द्रीय कमिटी बैठकः भोलि प्रतिवेदनमाथि छलफल

काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि भोलि बिहीवार छलफल हुने भएको छ ।

स्थानीय तहको चुनावका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका उपमहासचिव एवम् प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन् । बैठकमा शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष आज शपथ लिएका थिए ।