मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं,
संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले सो आदेश गरेको हो ।

तत्कालीन केपी ओली सरकारले विभिन्न आयोग का प्रमुख तथ पदाधिकारी नियुक्त गरेको थियो । उक्त नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।
ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक आयोगमा ५२ पदाधिकारीको नियुक्ति गरेको थियो ।

त्यस्तै अधिवक्ताद्वय गणेश रेग्मी र दीपक विक्रम मिश्रको रिट खारेज भएको छ । उनीहरूले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै रिट दायर गरेका थिए ।

शुक्रबार ११ वटा रिटको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । तर संवैधानिक इजालसले यो रिटमा कारण देखाऊ आदेश मात्रै जारी गरेको हो ।
बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले यस्तो आदेश दिएपछि अख्तियार प्रमुख प्रेम राईसहितको पद जोगिने भएको छ ।