बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

चीनबाट भित्रियो २३२ मेट्रिक टन युरिया मल

चीनबाट भित्रियो २३२ मेट्रिक टन युरिया मल

काठमाडौं,
चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल भित्रन थालेको छ। सिन्धुपाल्चोकस्थित सो नाका नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए।

सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो। बोलपत्र पाएपछि सिल्कले छ महिनाअघि नै पहिलो खेपमा १५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। बाँकी मल ल्याउन थालिएको सिल्क मार्केटले जनाएको ।

भन्सार विभागबाट रिपोर्ट आउनासाथ मल काठमाडौं पठाइने गौतमले बताए। रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने विश्वास गरिएको छ।