शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

गठबन्धन गर्न ओली पूर्वराजा ज्ञानेन्द्र निवास पुगेको नेपालको आरोप

गठबन्धन गर्न ओली पूर्वराजा ज्ञानेन्द्र निवास पुगेको नेपालको आरोप

काठमाडौं,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन्।

काठमाडौँमा शुक्रबार अखिल नेपाल महिला संघ ९समाजवादी० काठमाडौँको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

‘सत्तारुढ गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका छन्’, उनले भने, ‘तर, उनी पनि गठबन्धन गर्दैछन्। कोसँग थाहा छररु सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्। राप्रपासँग साँठगाँठ गर्न खोजेका छन्। विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन्।’

उनले आसन्न निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताए। नेता नेपालले गठबन्धन बाहिरका विचार मिल्ने दलहरूबाट पनि तालमेल गर्न प्रस्ताव आएको जानकारी दिए।