शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

काठमाडौं,
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित २० सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ शुक्रबार अपराह्न विशेष विमानबाट काठमाडौं आएका हुन् ।

पाकिस्तानबाट आफ्नो भ्रमण शुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन् ।

नेपालमा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।