शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ । हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो ।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।