शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमालेले माग्यो घोषणा–पत्रमा सल्लाह सुझाव

एमालेले माग्यो घोषणा–पत्रमा सल्लाह सुझाव

काठमाडौं,
प्रमुख प्रतिपक्ष नेकपा एमालेले आसन्न स्थानीय तहको चुनावका लागि पार्टीले तयार पार्ने घोषणा पत्रमा सल्लाह र सुझाव माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी वैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेको केन्द्रले बनाउने स्थानीय तहको प्रतिवद्धता तथा घोषणा पत्रमा समेट्न विषयका लागि सल्लाह र सुझाव माग गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।

सुझाव दिन चाहने हरुले इमेल मार्फत त्यस्तो सुझाव दिन सक्ने उनले बताए । गुरुङका अनुसार सुझाव दिन चाहनेले उबचतथजत्र२अउलगm।ियचन मा इमेल गर्न सक्ने बताए ।

प्रतिवद्धता पत्रका लागि एमालेले चैत १६ गते भर्चुअल अन्तरक्रिया समेत राखेको बताउँदा उनले केन्द्रीय नेताहरू भौतिक रूपमा तथा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने जनाए ।

केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए ।