शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रधानमन्त्रीले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं,
श्रीलंकाले आयोजना गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबार हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई मंगलबार परराष्ट्रमन्त्री डा। नारायण खड्काले कोलम्बोमा सम्बोधन गरेका छन् । परराष्ट्रमन्त्री खड्काले बिमस्टेक स्थापनादेखि हालसम्म भएका उपलब्धिको चर्चा गर्दै बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

उनले यो क्षेत्रमा जनताको जीवनस्तर माथि उकास्न सबैलाई समान अवसर प्रदान गर्नुपर्ने र यो क्षेत्रलाई शान्तिपूणर् तथा सम्पन्न बनाउन सहकार्य गर्नुपर्ने पनि उल्लेख गरे । नेपालले यसअघि गरेको सम्मेलनको समेत खड्काले चर्चा गरेका थिए ।