बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

आजदेखि खुल्यो बलेफी हाइड्रोपावरको आईपीओ

आजदेखि खुल्यो बलेफी हाइड्रोपावरको आईपीओ

काठमाडौं,
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत १६ गते) देखि आईपीओ विक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० अंकितमूल्यका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

निष्कासन गरिने कुल सेयरमध्ये ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सेयर निष्कासन बन्द छिटोमा चैत २१ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।